४ सय रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


२८ पुस २०७८, बुधबार


काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (मंगलबार) प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार १ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस