जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी


२७ पुस २०७८, मंगलबार


टोकियो । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।

देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उनले मंगलबार सबैलाई अनुरोध गरे । उनले वयस्क तथा ज्येष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिए ।

बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र वयस्क तथा ज्येष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसँगै चलाइने उनको भनाई छ ।

उनले महामारी दिन प्रतिदिन तीव्र रुपमा फैलिँदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि दिए । जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस