‘सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने’


२७ पुस २०७८, मंगलबार


तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्माणाधीन तनहुँ सभाहल शीघ्र सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताएका छन् । 

व्यास नगरपालिका–३ बिपी वनवाटिका नजिक निर्माणाधीन  सभाहलको आज अनुगमन गर्दै उनले सभाहललाई चाँडो सम्पन्न गर्न आग्रह समेत गरे । सो सभाहलको काम ९० प्रतिशत पूरा भएको छ । 

करिब ८०० क्षमताको उक्त भवनको हाल ‘फिनिसिङ’ गर्ने भइरहेको छ । भवनबाहिर एउटा ‘क्वार्टर’ निर्माण, सभाहलसम्म पुग्ने बाटो निर्माण, प्रवेशद्वार र वाल लगाउने कार्य गरी करिब १० प्रतिशत कार्य बाँकी छ ।  

विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि कोभिड–१९ का कारण सरकारले लगाएको निषेधाज्ञाको समयमा निर्माण रोकिन पुगेको थियो ।  सरकार र विदेशी दाताको संयुक्त कोष गरी रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माण गरिएको हो । 

उक्त भवनको निर्माणको जिम्मा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौँले पाएको उक्त भवन चार ढलानको छ ।  भवनको भुईँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । कोरोनाका कारण भवन निर्माण कार्य एक वर्ष ढिलाइ हुन गएको हो । 

विसं ०७८ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी पुन : म्याद थप गरी निर्माण कार्य अघि बढाइएको सहरी विकास तथा भवन निर्माण विभाग कार्यान्वयन एकाइ कास्कीका सब–इन्जिनियर धर्मराज बास्तोलाले जानकारी  दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस