युगान्डामा दुई वर्षपछि विद्यालय खुल्ला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

युगान्डामा दुई वर्षपछि विद्यालय खुल्ला


२७ पुस २०७८, मंगलबार


School

काम्पाला । युगान्डामा हिजो (सोमबार)देखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् ।

विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो ।

युगान्डामा कोरोनाभाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द भएकोमा सोमबारदेखि खुल्ला भएको अधिकारीहरूले जनाएका छन् । युगान्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो ।

विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुसी भएर विद्यालय फर्किएका छन् । ‘विद्यालयमै उपस्थित भएर पढ्न पाउँदा मलाई धेरै खुसी लागेको छ, विगतमा विद्यालय बन्द हुँदा मैले विद्यालयमा उपस्थित भएर पढ्न पाएको थिएन भने मेरा साथी, शिक्षक शिक्षिका र मेरो पढाइ गुमाएको थिएँ,’ १० वर्षीय विद्यार्थी नाविलाह सेन्कुगौले भने ।

विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षक शिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटक पटक हात धोएका थिए ।

विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगान्डामा विद्यालय खुलेका हुन् ।

युगान्डामा अहिलेसम्म एक लाख ५३ हजार ७६२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने तीन हजार ३३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ

Tags :
प्रतिक्रिया दिनुहोस