काठमाडौँका सिडिओ रिजाललाई पनि कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँका सिडिओ रिजाललाई पनि कोरोना सङ्क्रमण


२६ पुस २०७८, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पिसीआर परीक्षणका लागि स्वाब परीक्षण गर्दा आज पोजेटिभ रिपोर्ट आएको हो। कोरोना सङ्क्रमण नियन्त्रणका लागि अहोरात्र खट्दै आएका रिजाललाई रुघा र ज्वरो पनि आएपछि परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।

केही दिनयता देशव्यापीरुपमा सङ्क्रमण बढेसँगै सबैभन्दा बढी जोखिम रहेको उपत्यकामा प्रजिअलगायत सम्बद्ध निकायहरू सोही अनुसार तयारीमा जुट्दै आएका छन् ।

उनी अहिले होम आइसोलेसन बसेको र अवस्था सामान्य रहेको छ ।

पछिल्लो समय मन्त्री, सचिवलगायत उच्च पदस्थ कर्मचारीहरुमा संक्रमण देखिएको छ ।

आजै मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना सङ्क्रमण भएको छ भने हिजो मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका वरिष्ठ सचिव शिशिर कुमार ढुंगानामा पनि पोजेटिभ देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस