पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु


२६ पुस २०७८, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस