नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक : नेकपा एस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक : नेकपा एस


२६ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक क्षेत्रमा सडक बनाउनु अवैधानिक भएको बताएको छ ।

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रबाट मानसरोवर क्षेत्रमा पुग्ने सडक बनाइरहेको बताएका थिए ।

नेकपा एसका विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गर्दै यो नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन् ।

खनालले विज्ञप्तिमा नेपाली भूमि रक्षा गर्न आवश्यक कदम चाल्न समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस