राष्ट्रिय सभाको बैठक सर्‍यो,माघ ३ मा बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय सभाको बैठक सर्‍यो,माघ ३ मा बस्ने


२५ पुस २०७८, आइतबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रिय सभाको बैठक फेरि सरेको छ । पुस २७ गतेका लागि आह्वान गरिएको बैठक माघ ३ गतेसम्मका लागि स्थगित गरिएको सूचना सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेका छन् । 

महासचिव गौतमले आज (आइतबार) सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको जानकारी गरेका छन् ।

विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को मिति तय गरिएको सूचनामा उल्लेख छ । यसअघि पुस २५ गतेका लागि तय गरिएको बैठक एमालेको आग्रहमा २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

२७ गतेको बैठक कुन विशेष कारणवश स्थगित गरिएको हो भन्नेबारे संसद् सचिवालयका अधिकारीले बताउन चाहेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस