नेपाल प्रहरीका ३४ एसपीको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल प्रहरीका ३४ एसपीको सरुवा


२५ पुस २०७८, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । गत शुक्रबार २६ एसएसपीको सुरुवा गरेको नेपाल प्रहरीले दुई दिनको अन्तरमै ३४ जना उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण पौडेललाई प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा सरुवा गरिएको छ ।

यस्तै काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत अर्जुनप्रसाद तिमिल्सीनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस