प्राविधिक शिक्षा आजको आवश्यकता हो : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्राविधिक शिक्षा आजको आवश्यकता हो : मुख्यमन्त्री भट्ट


२३ पुस २०७८, शुक्रबार


डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबै विद्यालयमा अनिर्वायरूपमा प्राविधिक पढाइ हुनुपर्ने बताएका छन् ।

जिल्लाको शिखर नगरपालिका–६ स्थित हरिहर माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा हिजो (बिहीबार) उनले अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा भएकाले सबै विद्यालयमा अनिवार्य प्राविधिक विषय पढाइनुपर्ने बताए ।

उनले भने, ‘आजको समाज प्रविधिमय भइसकेको छ, डिग्री गरेका युवा बेरोजगार छन् । रोजगारीमूलक प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्छ, अब बालबालिकालाई विद्यालयमै प्राविधिक शिक्षा दिनुपर्छ ।’

प्राविधिक शिक्षाको थालनी गर्ने विद्यालयलाई प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्ने समेत मुख्यमन्त्री भट्टले आश्वासन दिए । प्रदेश सरकार पनि प्राविधिक शिक्षा क्षेत्रमा लगानी गरिरहेकाले सबै क्षेत्रका विद्यालयमा अब प्राविधिक पढाइ हुनुपर्ने उनको भनाइ थियो ।

प्राविधिक शिक्षा सञ्चालन नभएका कारण पनि शिक्षा क्षेत्रमा विकास हुन नसकेको मुख्यमन्त्री भट्टको जिकिर थियो । प्रदेश सरकारको कुल रु ४० लाखको आर्थिक सहयोगमा निर्मित उक्त विद्यालयको दुई तले भवनको समेत मुख्यमन्त्री भट्टले आजै उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस