‘कुनै धर्मलाई प्रवर्द्धन गर्न हिन्दु राष्ट्रको कुरा गरेको होइन’ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

‘कुनै धर्मलाई प्रवर्द्धन गर्न हिन्दु राष्ट्रको कुरा गरेको होइन’


२३ पुस २०७८, शुक्रबार


कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैलाई राजा बनाउन र कुनै जात विशेषले मानेको धर्मलाई प्रवर्द्धन गर्न मात्र राजसंस्था र हिन्दु राष्ट्रको कुरा नगरेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको हिजो (बिहीबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय सभामा उनले हिन्दु राष्ट्र कुनै जात विशेषले मान्ने धर्मको कुरा मात्र नभई नेपाली जनताको एकता र पहिचानसँग सम्बन्धित विषय रहेको बताए ।

उनले भने, ‘यो विषय नेपालको गौरवसँग सम्बन्धित विषय हो र हामी सबै नेपालीलाई जोड्ने चीज हो ।’

अध्यक्ष लिङदेनले केही पार्टी र राजनीतिक दलहरुले पैसा कमाउने सबभन्दा सजिलो बाटोका रुपमा राजनीतिलाई विकसित गरेको आरोप लगाए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतन्त्र र जनताको सर्वोच्चता प्रति पूर्णरुपले प्रतिबद्ध रहेको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस