२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढे लागुऔषध कारोबारी

अ+ अ-

तुलसीपुर । इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका छन् ।

‘हामीले लागुऔषध कारोबार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ’, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, ‘अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।’

साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र तीमध्ये २४ लागुऔषध कारोबारी र १३ अन्य मुद्दाका छन् भन्दै उनले लागू औषध प्रयोगकर्तालाई पनि पक्रेर ल्याउने हो भने हिरासतले थेग्न नसक्ने अवस्था छ । तुलसीपुरमा प्रयोगकर्ताको सङ्ख्या निकै रहेको कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायब उपरीक्षक अर्यालको भनाइ थियो ।

सक्रिय बन्दै प्रहरी

तुलसीपुरको अस्तित्व जोगाउन यहाँका बासिन्दा र प्रहरी सक्रिय छन् । इलाका प्रहरी कार्यालयले आफ्नो सक्रियतालाई तीव्र पारेका उनले जानकारी दिए । ‘हाम्रो चुनौती भनेको लागुऔषध नियन्त्रण नै हो’, प्रमुख अर्यालले भने, ‘हामीले सबैभन्दा बढी प्राथमिकतामा लागुऔषध ओसारपसार तथा सेवनलाई न्यूनीकरण गर्ने अभियान नै चलाएका छौँ ।’

सबैभन्दा बढी समय नै यसलाई दिइएको छ भन्दै उनले यहाँ आएको छ महिनामा तीन वटा डिलरसमेत समात्न सफल भएको जानकारी दिए । ‘हामीले अहिलेसम्म तीन वटा डिलर समात्न सफल भएका छौँ’, प्रमुख अर्यालले भने, ‘अझै तुलसीपुरमा दुई/तीन वटा डिलर भएको सूचना आएको छ, त्यसलाई पनि समात्नका लागि प्रयास गरिरहेका छौँ ।’

तुलसीपुरमा प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको र सबैभन्दा धेरै १५ देखि २० वर्षसम्मका युवा यस्तो लतमा फसेकाले अभिभावक सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘अभिभावकलाई पनि आफ्नो सन्तान दुर्व्यसनमा फसेको थाहा हुन्छ, तर सन्तानलाई सुधार गर्न त्यति ध्यान नदिएको पाइएको छ’, प्रमुख अर्यालले भने , ‘यसले उनीहरुको भविष्य नै डामाडोल हुनसक्छ, त्यसैले अभिभावकहरु पनि अलि चनाखो बन्नुपर्छ ।’

अभिभावकले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि संलग्न हुने गरेका छन् । एक प्याकेट ब्राउनसुगर ५० देखि ७० मिलिग्रामसम्म हुन्छ । त्यसलाई रु एक हजारदेखि रु १५ सयसम्म पर्छ । त्यसको लतमा फसेपछि दैनिक खानुपर्ने नखाएमा हात काँप्नेसम्मको अवस्थामा पुर्‍याउने गर्छ । ‘एक प्रयोगकर्तालाई दैनिक नखाए के हुन्छ भनेर सोध्दा उसले भन्यो, ‘एक दिन नखाए शरीर काँप्न थाल्छ, अनि मेडिकलमा गएर अरुनै लागुऔषध खरिद गरेर खान्छौँ भनी जवाफ दिए’, प्रहरी प्रमुख अर्यालले भने, ‘यदि आफूसँग पैसा भएन भने उनीहरूले अनेक बहाना बनाएर घरबाट पैसा माग्ने, ठग्ने र चोर्नेसमेत गरेको प्रयोगकर्ताले जवाफ दिएका थिए ।’

‘चुनौती पनि उत्तिकै छ’

ब्राउनसुगर कारोबारीलाई पक्राउ गर्न उत्तिकै चुनौती रहेको छ । ब्राउन सुगर सानो परिमाणको हुने र त्यसलाई लुकाउन निकै सहज हुने भएकाले हामीलाई प्रमाण पुर्याउन पनि निकै गाह्रो हुने र कतिपय स्थानमा सूचना पाएर जाँदा प्रमाण भेट्टाउन नसक्ने अवस्था रहेको छ भन्दै उनले तुलसीपुरमा नेपालगन्जतर्फबाट यस्ता पदार्थ आउने भएकाले त्यस क्षेत्रमा बढी निगरानी गरिरहेको बताए ।

प्रयोगकर्तालाई कोठा नदिन अनुरोध

प्रहरीले दुर्व्यसनीहरूलाई कोठा नदिन होटल व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ । उनीहरुले अहिले होटललाई अखडा बनाउन थालेकाले त्यस्ता व्यक्तिलाई कोठा दिएमा होटल व्यवसायी नै सजायको भागिदार हुने हुँदा होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न पनि भनिएको छ ।

अहिले धेरै व्यक्ति होटलमा आउने र यस्तो गतिविधिमा संलग्न हुने क्रम बढेकाले अभिलेख राखेमा अनुसन्धानमा सहज हुने उनको भनाइ थियो । ‘होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न म होटल व्यवसायीलाई अनुरोध गर्छु’, प्रमुख अर्यालले भने, ‘नामसँगै उनीहरुको मोबाइल नम्बर यकिन गरेर मात्रै बस्न दिनुहोला ।’ सकेसम्म होटलको अगाडि सिसी क्यामेरा जडान गर्न पनि अनुरोध गरिएको छ ।

चोरको पनि उत्तिकै बिगबिगी

तुलसीपुरमा पछिल्लो समय चोरीका घटना पनि उत्तिकै बढिरहेको प्रमुख अर्यालले बताए । दुर्व्यसनीले व्याप्त रुप लिएको र लागू पदार्थ महँगो पनि हुने भएकाले चोरी गर्नेहरु बढेको र यस क्रममा अहिले चार जनाविरुद्ध मुद्दा चलिरहेको छ । घरमा कोही नभएको अवस्थामा चोरीका घटना बढिरहेकाले सजग हुनुपर्ने र बहुमूल्य वस्तुलाई सकेसम्म घरमा नराख्ने गर्नुपर्नेमा उनले जोड दिए ।