प्रदेश छनोट प्रतियोगितामा बाराको जीत « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रदेश छनोट प्रतियोगितामा बाराको जीत


२२ पुस २०७८, बिहिबार


राजविराज । सप्तरीको राजविराजमा सञ्चालित प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेशस्तरीय एक दिवसीय क्रिकेटअन्तर्गत प्रदेश छनोट प्रतियोगितामा बाराले जीत हात पारेको छ ।

आज सम्पन्न भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गर्दै बाराले १२५ रनको योगफल खडा गरेका थियो ।

बाराका लागि तीर्थराज दासले २३, साहिल पटेलले १६, जीतेन्द्र यादवले १७, रबी साहले १४, आशुतोष पटेल र निखिल सिंहले १०÷१० रन बनाएका थिए ।

बलिङतर्फ धनुषाका आकाश रायले ३ विकेट, विकास सुस्लिङ र रूपेश यादवले २÷२ विकेट हात पारे । जवाफमा धनुषा २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९१ रनमै सीमित रहेको थियो । धनुषाका लागि अकबर अलीले अविजित ३८ रन र पर्शुराम यादवले ११ रन बनाए ।

बलिङतर्फ बाराका समीर नेपालले ४ तथा आशुतोष पटेल, जीतेन्द्र यादव र कुमार थापा २÷२ विकेट हात पारेका थिए । फाइनल खेलमा म्यान अफ दि म्याच समीर नेपाल घोषित भएको सप्तरी क्रिकेट सङ्घका सचिव चन्दनकुमार यादवले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस