राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त


२१ पुस २०७८, बुधबार


काठमाडौँ । सरकारले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा गठित ३ सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले ४ वर्षका लागि बस्नेतलाई नियुक्त गरेको हो।

गत पुस १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्री स्तरीय निर्णयबाट सिफारिस समिति गठन गरेका थिए।

उपाध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस