सशस्त्र प्रहरीका सई चन्दमाथि आर्थिक लेनदेनको आरोपमा थालियो अनुसन्धान « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरीका सई चन्दमाथि आर्थिक लेनदेनको आरोपमा थालियो अनुसन्धान


२१ पुस २०७८, बुधबार


धनगढी । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दमाथि अनुसन्धान गर्न थालिएको छ ।

कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि उनको जिम्मेवारी खोसेर छानबिन प्रक्रिया सुरु गरिएको हो ।

प्रमुख चन्द पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी हुन् ।

उनीमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको हो ।

वैद्यनाथ बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गाप्रसाद भट्टराईले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न मुख्यालय झिकाइएको बताए ।

सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी मुख्यालयका अनुसार चन्द प्रमुख रहेको बीओपीको टोलीले हालै एक भारतीय नागरिकले तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा हार्डवेयर लगायतका समान बरामद गरेको थियो ।

तर चन्दले ती व्यक्तिबाट कम्तीमा केही रकम असुल गरेर छाडेको आरोप छ । उनले उक्त आरोपमा सत्यता नरहेको दाबी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस