फाइजर खोपका लागि आवश्यक सिरिन्ज नेपाल आइपुग्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फाइजर खोपका लागि आवश्यक सिरिन्ज नेपाल आइपुग्यो


२० पुस २०७८, मंगलबार


काठमाडौँ । फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज (मंगलबार) सिरिन्ज आइपुगेको हो ।

महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार २:५० को फ्लाइटमा सिरिन्ज नेपाल आइपुगेको जानकारी गराएका हुन् ।

खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ । उनले भने–‘घोलक आइसक्यो । सिरिन्ज पनि आइपुगेको छ । अब खोप अभियान पनि छिट्टै सुरु हुनेछ ।’

सरकारले ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो । ६ लाख ६४ हजार ५६० मात्रा खोप आए पनि समयमा घोलक र सिरिन्ज नआएपछि खोप अभियान स्थगन हुन पुगेको थियो ।

सम्बन्धित समाचार : सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

Tags :
प्रतिक्रिया दिनुहोस