२५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस


१९ पुस २०७८, सोमबार


समायोजन

काठमाडौँ । । २५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस समितिका विभिन्न बैठकले ज्येष्ठता र कार्यसम्पादन तथा कार्यक्षमताका आधारमा नेपाल इन्जिनियरिङ सेवातर्फका १६ जना, नेपाल कृषि सेवाका ७ जना र नेपाल वन सेवाका २ गरी २५ जना उपसचिवहरूलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल इन्जिनियरिङ सेवातर्फका उपसचिव शैलेसकुमार झा, कोषनाथ अधिकारी, रवीन्द्र बोहरा, फणीन्द्रविक्रम कार्की, उज्ज्वल प्रजापति, अशोक तिवारी, रूपक राजभण्डारी, कुमार थापा, शंकरप्रसाद पण्डित, शम्भु कार्की, रामेश्वर मरहट्ठा, रामकिसुन गिरी, डा। कृष्णराज पाठक, नारायणप्रसाद भण्डारी, मचाकाजी महर्जन र प्रकीर्ण तुलाधर सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यसै गरी नेपाल कृषि सेवा तर्फ मेघनाथ तिमिल्सेना, राजेन्द्र कोइराला, वासुदेव रेग्मी, महेन्द्रनाथ पौडेल, डा।टङ्कप्रसाद प्रसाईँ, वसन्तबहादुर सिंह र जीवलाल लम्साल सहसचिवमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

यस्तै नेपाल वन सेवातर्फ वेदकुमार ढकाल र उद्धवबहादुर घिमिरे सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिसमा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी गर्न सक्नेछन् र उजुरी नपरेको खण्डमा मन्त्रिपरिषद्ले सहसचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस