पदाधिकारी चयन नगरी सकियो माओवादीको बैठक, अर्को बैठक पुस २५ गते बस्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पदाधिकारी चयन नगरी सकियो माओवादीको बैठक, अर्को बैठक पुस २५ गते बस्ने


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो । ललितपुरको सानेपामा भएको बैठकले अध्यक्षमा दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको हो।

अर्को बैठक पुस २५ गते बस्ने बताइएको छ । माओवादी केन्द्रको आइतबार ८ औं महाधिवेशनले केन्द्रीय समितिको चयन गरेको थियो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको टुंगो २५ गतेको बैठकले लगाउने कृष्णबहादुर महराले जानकारी दिएका छन् । सोमबार नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा दाहाल सर्वसम्मतबाट चयन भएका हुन् ।

यससँगै दाहाल ३ दशकभन्दा लामो समयदेखि माओवादीको नेतृत्वमा रहँदैआएका छन् । उनले अध्यक्षमा निर्वाचित भएपछि आफूलाई महत्वपूर्ण परिस्थितिमा पार्टीको नेतृत्व गर्ने जिम्मेवारी आएको प्रतिक्रिया दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस