नेपाल टेलिकमको इन्टरनेट गुणस्तरीय बनाउने कार्ययोजना पेस गर्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल टेलिकमको इन्टरनेट गुणस्तरीय बनाउने कार्ययोजना पेस गर्न संसदीय समितिको निर्देशन


१९ पुस २०७८, सोमबार


नेपाल टेलिकम

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै समितिले टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको हो । समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई निर्देशन गरेको हो ।

समितिले टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार गरिसक्ने कार्ययोजना समितिमा पेस गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ स्थानीय तहमा सेवा पुर्‍याउने समयसीमासहितको कार्ययोजना पनि पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ ।

टेलिकमले पूर्वाधार निर्माणको काम अगाडी बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ ।

त्यसै गरी कुनै पनि निकाय वा संस्थालाई निरुत्साहित हुने गरी नभई संस्थाको हितमा हुने गरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन ध्यान पुर्‍याउन सरकारलाई समितिको निर्देशन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस