राष्ट्रियसभा सदस्यका लागि काँग्रेसले टुङ्ग्यायो उम्मेदवार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा सदस्यका लागि काँग्रेसले टुङ्ग्यायो उम्मेदवार


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभाका उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि (मंगलबार) मनोनयन दर्ता हुँदै छ । काँग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा , दुर्गाकुमारी गुरुङ र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

काँग्रेसले प्रदेश १ बाट बस्नेत, बागमतीबाट पौडेल, गण्डकीबाट पन्त, लुम्बिनीबाट शर्मा, कर्णालीबाट गुरुङ र सुदूरपश्चिमबाट मिश्रलाई अघि सार्ने भएको हो ।

काँग्रेस पदाधिकारी बैठकले टुङ्गो लगाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्न सानेपामा केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त हुने १९ सिटका लागि भागबन्डा गरेको थियो । जसअनुसार नेपाली काँग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच पाँच सिट पाउने सहमति भएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सिट भागमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस