रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता


१९ पुस २०७८, सोमबार


अंकारा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच आइतबार फोनवार्ता भएको छ ।

उनीहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उनीहरुका बीचमा द्विपक्षीय सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।

त्यस अवसरमा उनले द्विपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाका बारेमा पनि कुराकानी गरेका थिए । यस अवसरमा उनीहरुले संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानका बारेमा पनि कुराकानी गरेको टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुका बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस