दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा एकजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा एकजना पक्राउ


१९ पुस २०७८, सोमबार


काठमाडौँ । दक्षिण अफ्रिकाको संसदमा आगजनी गरेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आगजनी गरेको आशंकामा अन्दाजी ५० वर्षका एक शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

आइतबार स्थानीय समयअनुसार बिहान २ बजे त्यहाँको संसद नेसनल एसेम्बलीको भवनमा आगलागी भएको थियो ।

शंकास्पद व्यक्ति संसद भवनबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति बिहानैदेखि संसद भवनमा आवतजावत गरेको एउटा सीसीटिभी फुटेजमा देखिएको सार्वजनिक कार्य तथा पूर्वाधार मन्त्री प्याट्रिका डी लिलेले बताइन् ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस