राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राम्रो काम गर्दा घेराबन्दी भयो : महासचिव पोखरेल


१७ पुस २०७८, शनिबार


राँझा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् ।

नेकपा (एमाले) बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे । ‘जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्’, महासचिव पोखरेलले भने,’एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।’

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे ।

कार्यक्रममा रामकुमार दीक्षितको नेतृत्वमा पार्टीमा आएका नेता तथा कार्यकर्तालाई उनले स्वागत गरे । सो अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, सहइन्चार्ज मोहम्मद हारुन हलवाई र जिल्ला अध्यक्ष निरक गुरुङलगायतले बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस