२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता नै बन्धकीमा परेपछि सदा दम्पती समस्यामा

अ+ अ-

जनकपुर । साहूसँग ऋण लिदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ । तर, यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ कविलासाको एक दलित परिवारमा । स्थानीय रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग २० हजार ऋण लिनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धनकीमा राख्नु परेको छ ।

‘गत २०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडान गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले रविसँग ऋण माग्न गएँ’, ६० वर्षीय सदाले भने, ‘तर रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ, नत्र ऋण पाइन्न भनेर फर्काउनुभयो ।’

आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दुखेसो छ । ‘मसँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै’, रामविलास भन्छन्, ‘त्यतिकै ऋण दिनुस् म मजदुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नु भएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो’, नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ ।

ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ । ‘पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे’, उनले भने, ‘वडाध्यक्षबाट नागरिकताका लागि सिफारिस गराएर सबै कागजात लिइ पटकपटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए ।’

ऋण लिएबापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूकोमा धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको रामविलासकी पत्नी सावित्रीदेवीको भनाइ छ । भारतको पञ्जाबमा मजदुरी गरी हालै फर्किएका आफ्ना पतिले साहू रविलाई २० हजारमध्ये १५ हजार रुपैयाँ चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहूले बताउँदै आएका छन् ।

‘नागरिकता फिर्ताका लागि कि त पूरै ऋण चुक्ता गर कि त मेरो खेतबारीमा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएका छन्’, सावित्री देवी भन्छिन्, ‘एकातिर तत्काल ऋण चुक्ता गर्ने पैसा छैन, अर्कोतिर म बिरामी रहेकाले काम गर्नसक्ने अवस्था छैन ।’
भारतको विभिन्न सहरमा मजदुरीका लागि नेपालबाट कामदार लैजाने र ल्याउने ठेक्कापट्टाको काम गर्दै आएका साहू रविले ऋणबापतको रकम चुक्ताका लागि सावित्री देवीका पति रामविलासलाई पनि भारतको पञ्जाब लगेका थिए ।

‘मजदुरी गरेर पञ्जाबमै साहू रविलाई १५ हजार ऋण तिरिदिएँ”, रामविलासले भने, ‘तर बाँकी पाँच हजार र केही ब्याज रकमका लागि नागरिकता फिर्ता दिन चाहिरहनुभएको छैन ।’ बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा त्यो पनि सम्भव नभएको रामविलासको भनाइ छ ।

‘नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकताको नम्बर, र जारी मिति चाहिन्छ’, उनी भन्छन्, ‘वडाध्यक्ष नजिक नागरिकता प्रतिलिपिको सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउनू भन्नुहुन्छ, तर मसँग न नागरिकताको फोटोकपी छ, न त नागरिकताको नम्बर र जारी मिति नै थाहा छ ।’ त्यसैले प्रतिलिपिसमेत बन्न नसकेको रामिविलासको गुनासो छ ।

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुग्दा राज्यका हरेक सेवा तथा सुविधाबाट समेत बञ्चित सदा दम्पतीले अहिलेको पहिचान विहीनताको अवस्थाबाट न्याय दिलाउन सबैसँग आग्रह गरेका छन् । सदा दम्पतीकोे समस्यालाई लिएर नागरिकताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेशकुमार सदा बताउछन् । द फ्रिडक फण्डको सहयोगमा उक्त केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रमा दलित हरुवा चरुवा परिवारका लागि नागरिकता, जन्मदर्ताका लागि अभियान सञ्चालन गर्दै आएको छ ।

दलित बस्तीका हरुवा चरुवा परिवारलाई लक्ष गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएकोे केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताउछिन् । त्यही कार्यक्रमअन्तर्गत सदा दम्पतीको नागरिकता समस्या समाधानको पहल भइरहेको कार्यक्रम उनको भनाइ छ ।