दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क कारागार मुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क कारागार मुक्त


१७ पुस २०७८, शनिबार


दक्षिण कोरिया । दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई वर्तमान राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको छ । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् । जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ।

सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया वृद्धले अर्को वर्ष फेब्रुअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन। एक हप्ता अघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो।

पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन्। ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ।

पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस