२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२२६ खानेपानी आयोजनाको निर्माण कार्य सुरु

अ+ अ-

तनहुँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले तनहुँ र नवलपुर जिल्लामा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाएको छ ।

‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा १५१ र नवलपुरमा ७५ खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिएको हो ।

नागरिकलाई स्वच्छ, सफा खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो कार्यालयले जनाएको छ ।

तनहुँको खानेपानी आयोजनाको लागि २७ करोड १६ लाख र नवलपुरको लागि २६ करोड १५ लाख रहेको खानेपानी तथा डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इञ्जिनियर वामदेव पौडेलले जानकारी दिए ।

उक्त आयोजनामध्ये १८ वटा नयाँ आयोजनाको सर्भे कार्य भइरहेको छ । उनले भने, ‘अधिकांश खानेपानी आयोजना लिफ्टिङ प्रणालीका छन् ।’

आयोजना साना र ठूला रहेकाले कुनै एक वर्षदेखि पाँच वर्ष अवधिसम्म सम्पन्न गर्ने किसिमका छन् । तनहुँमा प्रादेशिक खानेपानी आयोजना ८६, सङ्घीय सरकारबाट सशर्त अनुदानबाट आएका २३, प्रादेशिक आधारभूत १६, अन्य १८ र विशेष अनुदानका आठ छन् ।

सङ्घीय सरकारबाट चार करोड ३३ लाख विनियोजित भएको छ भने अन्य सबै गण्डकी प्रदेशको बजेट रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।