हिमपातले भोजपुरकाे माथिल्लो भेगका कृषक उत्साहित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हिमपातले भोजपुरकाे माथिल्लो भेगका कृषक उत्साहित


१७ पुस २०७८, शनिबार


भोजपुर । भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ ।
हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताए । स्थानीयवासी शेर्पाले भने, ‘हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ । अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।’

केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए । त्यस्तै केटाकेटी तथा वृद्ध वृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उनको भनाइ छ । विष्टले भने, ‘हिमपातका कारण धेरै चिसो बढेको छ । अरूभन्दा पनि बालबच्चा केटाकेटी, वृद्ध वृद्धा र पशु चौपायालाई धेरै समस्या छ ।’

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन् । हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघ खोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटेल तथा पसलमा मानिसको चाप बढेको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघ खोरका होटेल व्यवसायी गणेशकुमार तामाङले बताए ।उनले भने, ‘हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । व्यवसायमा टेवा पुगेको छ ।’माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले बताएका छन् ।

लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित बनेका छन् । आलु र मकै रोप्नको लागि जमिन तयार गर्ने समयमा हिउँसँगै पानी आएकाले खेतीपाती गर्नको लागि सहज भएको टेम्केमैयुङ–५ मझौलेका कृषक लाक्पादोर्ची शेर्पाले बताए । स्थानीयवासी शेर्पाले भने, ‘हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित भएको छ तर हामी किसानलाई भने धेरै फाइदा पुगेको छ । अब आलु, मकै रोप्ने बेला भयो यसले हामीलाई राम्रो भएको छ ।’

केही दिनयता मौसममा परिवर्तन भएर आएको हिउँ र पानीका कारण चिसो बढ्दा चौपायालाई बचाउन समस्या भएको स्थानीय शिवकुमार विष्टले बताए । त्यस्तै केटाकेटी तथा वृद्धवृद्धा चिसोको प्रत्यक्ष मारमा परेको उनको भनाइ छ । विष्टले भने, ‘हिमपातका कारण धेरै चिसो बढेको छ । अरुभन्दा पनि बालबच्चा केटाकेटी, वृद्धवृद्धा र पशुचौपायालाई धेरै समस्या छ ।’

चिसो बढेपछि सदरमुकाम र आसपासका स्थानीय बासिन्दालाई घर बाहिर निस्किन समस्या भएको बताउने गरेका छन् । हिउँ परेसँगै हिउँ खेल्न आउनेको सङ्ख्या बढेपछि सुन्तले, चखेवा, बाघखोरलगायतका ठाउँमा सञ्चालनमा रहेका होटल तथा पसलमा मानिसको चाप बढेको छ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बाघखोरका होटल व्यवसायी गणेशकुमार तामाङले बताए ।उनले भने, ‘हिउँपरेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । व्यवसायमा टेवा पुगेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस