कोरोना सङ्क्रमण फेरि बढ्न सक्ने भन्दै तयारी गर्न निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमण फेरि बढ्न सक्ने भन्दै तयारी गर्न निर्देशन


१६ पुस २०७८, शुक्रबार


विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरुलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन् ।

कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उनले पछिल्लो समयमा कोरोना भाइरस तथा यसको घातक भनिएको ओमिक्रोन भेरियन्टको सम्भावित खतरातर्फ सतर्क रहेर काम गर्न र त्यसको उपचारका लागि तयारी गर्न समेत निर्देशन दिएका हुन् ।

साथै मन्त्री कार्कीले कोरोना सङ्क्रमितहरुलाई उपचारमा कुनै कमी हुन नदिन पनि आग्रह गरेका थिए ।

उनले भने ‘उपचारमा आउने बिरामीले अस्पतालमै उपचार पाएनन् भने कहाँ जाने, यस विषयमा यहाँहरुले गम्भीर भएर सोच्नुपर्छ र सबैलाई चुस्त रुपमा सेवा दिनुपर्छ ।’

उनले स्वास्थ्य उपचारमा कुनै कमी कमजोरी हुन नदिन प्रदेश सरकार चनाखो भएको र ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न सक्ने देखिएकाले अस्पतालको व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्छ भने ।

मन्त्री कार्कीले त्यहाँ उपचाररत बिरामीहरुका साथै अस्पतालको आइसियु, भेन्टिलेटर कक्षलगायतको अवस्थाको बारेमा पनि जानकारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस