कञ्चनपुरमा चरेससहित दुई जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा चरेससहित दुई जना पक्राउ


१६ पुस २०७८, शुक्रबार


कञ्चनपुर । भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट प्रहरीले हिजो (बिहीबार) दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त–६ ऐठपुर बस्ने २६ वर्षीय हरिशप्रसाद जोशी र २५ वर्षीय सागर बोहरा रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले आठ दशमलव ८८ ग्राम चरेस बरामद गरेको छ । शङ्का लागि जाँच गर्दा इलाका प्रहरी कार्यालय गड्डचौकी र महेन्द्रनगरबाट खटिएको टोलीले पर्सभित्र लुकाइराखिएको चरेससहित दुवैलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुवै जनामाथि कानुनबमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक साताअघि मात्रै प्रहरीले भीमदत्त नगरपालिकाको तिल्केनी क्षेत्रबाटै चरेससहित दुई जनालाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस