२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

अ+ अ-

मलङ्गवा । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचौँ बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।

प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो ।

घोषणापत्रमा पत्रकारिता पेसालाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमीक्षा एवं विभिन्न कार्यक्रममार्फत प्रेरित गर्ने, पत्रकारको पेसागत र भौतिक सुरक्षाका साथै अग्रज पत्रकारलाई पेन्सनका लागि सरकारको ध्यानाकर्षण गराउने, विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको हकहित तथा संवर्द्धनका लागि बिनाकारण कामबाट निकालिएका पत्रकारको पुनः बहाली गर्न नेपाल पत्रकार महासङ्घले आवश्यक पहल गर्ने, कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका पत्रकार, प्रभावित भएका सञ्चारकर्मी तथा सञ्चार गृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

यसैबीच प्रदेश नं २ बाट आएका पत्रकारलाई हरिवनमा उखुको लाक्रा दिँदै तरकारीको माला लगाइदिएर सम्मान गरिएको छ । हरिवनस्थित सगुन सहकारीको सभाहलमा आयोजना गरेको ‘नैतिक पत्रकारिता आजको आवश्यकता’ विषयक अन्तरक्रिया तथा प्रादेशिक समितिको पाँचौँ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य र अन्य जिल्लाबाट सहभागी पत्रकारलाई तरकारीको माला लगाइदिनाका साथै उखुको लाक्रा दिएर सम्मान गरिएको हो ।

उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिका तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढङ्गले पत्रकारलाई स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश नं २ का पत्रकारलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानको समस्या र पीरमर्कालाई उठाइदिन आग्रह गरेका थिए । सरकार र उद्योगीले आफूहरुको कुरै नसुन्ने गरेको भए पनि पत्रकारले बर्सेनि आफूहरुको पीडालाई बाहिर ल्याएर ठुलो गुन लगाइरहेको मैनालीले बताए ।

त्यसै गरी लालबन्दी तरकारी बजार समितिका तर्फबाट पत्रकारलाई गोलभेँडा, भान्टा, खुर्सानी, काँक्रो, मुलालगायत तरकारीको माला लगाएर सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा उपस्थित पत्रकारलाई उद्योग वाणिज्य सङ्घ लालबन्दीका तर्फबाट अध्यक्ष कल्याणकुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्स सर्लाहीका तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस