काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ८१४ पीसीआर परीक्षणका क्रममा २३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ ।
गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै २२८ सङ्क्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ११ हजार ७ सय ४६ सङ्क्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ८७१ सक्रिय सङ्क्रमित आइसोलेसन र १०३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।