चिनियाँ विदेशमन्त्रीले अफ्रिकी, एसियाली राष्ट्रको भ्रमण गर्ने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

चिनियाँ विदेशमन्त्रीले अफ्रिकी, एसियाली राष्ट्रको भ्रमण गर्ने


१५ पुस २०७८, बिहिबार


बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले आगामी जनवरी ४ देखि ७ सम्म इरिट्रिया, केन्या र कोमोरोसको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्रीहरूले वर्षको सुरुमा अफ्रिका भ्रमण गर्ने परम्परालाई निरन्तरता दिँदै उक्त भ्रमण गर्न लागेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार बेइजिङमा उक्त घोषणा गरेका हुन् ।

अफ्रिकी भ्रमणपछि वाङले निमन्त्रणामा माल्दिभ्स र श्रीलङ्काको भ्रमण गर्ने झाओले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस