गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ । लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो ।

भ्याइस अफ वेमनकी रिपोर्टिङ अफिसर रविश्मा राज्यलक्ष्मी शाहले जाडोका समयमा सडकमा कष्टकर जीवन बिताइरहेका व्यक्तिको सुविधाका लागि सो सहयोग गरिएको बताइन्।

विसं २०७८ जेठमा स्थापित उक्त क्लबले गत असोजदेखि हरेक हप्ताको बिहीबार १०० जनालाई स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्दै आएको छ ।उक्त क्लबले बिरामी व्यक्तिको घाउमा ड्रेसिङ गर्नाका साथै बिरामीलाई फलफूल, दूधलगायत खाद्यान्न पनि सहयोग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस