उदयपुर प्रशासनमा ई-पासपोर्टको आवेदन लिन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उदयपुर प्रशासनमा ई-पासपोर्टको आवेदन लिन सुरु


१५ पुस २०७८, बिहिबार


उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का लागि जिल्लामै आवेदन लिन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लिग प्रशासन कार्यालयबाट अनलाइन फारम भर्ने र कागजातहरू सिष्टममा अपलोड गर्न थालिएको छ । अपरेटर पोखरेलले भने ‘हामीले अपलोड गर्ने कागजातहरू चार सय किलो वाइटभन्दा कम साइजको हुनुपर्छ । यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिन्छ ।

नयाँ प्रविधि भएकाले समय लाग्ने र आलोपालो मिलाउनु पर्ने भएकाले फारम भर्न जिल्ला प्रशासन जाँदा समय लिएर आउन जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अनुरोध गरेका छन् । उनका अनुसार हामीलाई प्राप्त जानकारीअनुसार ई-पासपोर्टको लागि आवेदन पेश भएपछि १५ दिनभित्र बनेर आउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस