कालीकोटमा महिला मतदाताको सङ्ख्यामा वृद्धि « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कालीकोटमा महिला मतदाताको सङ्ख्यामा वृद्धि


१५ पुस २०७८, बिहिबार


मान्म । कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ ।

जिल्लाको नौ स्थानीय तहमा सङ्कलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको हो ।

ती स्थानीय तहका सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनमा जम्मा दुई हजार ५७८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार हालसम्म १५६१ महिला र १०१७ पुरुष गरी दुई हजार ५७८ जनाले नाम दर्ता गराएका हुन् । स्थानीय तहमध्ये तिलागुफा नगरपालिकामा ३११ महिला १३७ पुरुष, रास्कोट नगरपालिकामा ३१८ महिला ३०० पुरुष, महावैमा १४० महिला ९२ पुरुष, नरहरिनाथमा ३८८ महिला २११ पुरुष, शुभकालिकामा १८४ महिला १५६ पुरुष, सान्नी त्रिवेणीकामा ८८ महिला ६६ पुरुष, पचालभरनामा २०७ महिला ९२ जना पुरुष र पलाँता गाउँपालिका १३८ महिला ५९ पुरुष मतदाता थपिएका उनले बताए ।

ती स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको थियो । अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली सङ्कलन कार्य जारी रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस