तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च


१५ पुस २०७८, बिहिबार


ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२१ मा पर्यटकीय गतिविधिमा आशातीत वृद्धि भएको छ ।

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रले यस वर्षको पहिलो ११ महिनामा घरेलु तथा विदेशी पर्यटक गरी कूल चार करोड ४३ लाख पर्यटकलाई सेवा दिएको स्थानीय अधिकारीहरूले बुधबार बताए ।

क्षेत्रीय पर्यटन विभागका अनुसार यस क्षेत्रको पर्यटन आय एक वर्ष पहिलेको भन्दा २२.४ प्रतिशतले बढेर ४३ अर्ब ८५ करोड युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) भएको बताइएको छ ।

पर्यटनमा तीव्र वृद्धि हुनुलाई आंशिकरूपमा यस क्षेत्रमा कोभिड–१९ नियन्त्रणमा मिलेको प्रभावकारीतालाई स्थानीयले लिने गरेका छन् । स्थानीय स्वास्थ्य आयोगका अनुसार मंगलबारसम्ममा तिब्बतले लगातार झन्डै ७०० दिनसम्म कुनै नयाँ पुष्टि वा सन्दिग्ध घटनाहरू देखिएका छैनन् ।

यस क्षेत्रको पर्यटन वृद्धिलाई प्रेरित गर्न तिब्बतको हिउँदे पर्यटनका लागि प्राथमिक नीतिहरू पनि लागू गरिएको छ । यसमा अक्टोबर महिनाको मध्यदेखि वर्षको अन्तसम्म धेरै पर्यटकहरूको आकर्षणमा होटलको मूल्य र निःशुल्क प्रवेश दर पनि समावेश छ ।

Tags :
प्रतिक्रिया दिनुहोस