ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने : अध्यक्ष तिमिल्सिना


१५ पुस २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बिचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने बताएका छन् ।

तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताए ।

उनले नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ÷समुदाय विशेषअनुसार फरक फरक भाषा, धर्म, संस्कृति, वेशभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताए । उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस