सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ


१४ पुस २०७८, बुधबार


मोरङ । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँ बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सीईओ सुवेदीलाई आज (बुधबार) बेलुका विराटनगरबाट पक्राउ गरेको हो ।

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो ।

१५ करोड रुपैयाँ बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस