पाँच महिनामा रु चौध करोड बराबरको नुन बिक्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाँच महिनामा रु चौध करोड बराबरको नुन बिक्री


१४ पुस २०७८, बुधबार


वीरगन्ज । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ ।

कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो ।

कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा रु २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नुनजन्य सामग्री बिक्री गरेको जानकारी दिए ।

२०२० साल भदौ २७ गते सार्वजनिक निजी साझेदारीमा स्थापित सो कर्पोरेसनले पछिल्लो समय ऐतिहासिक फड्का मारेको छ । संस्थामा सरकारको २२ प्रतिशत शेयर लगानी छ ।

स्थापनाका ५८ वर्षमा कर्पोरेसनले दैनिक उपभोग्य बस्तु नुन, चिनी, चामल, दाल अन्य गेडागुडी, खाने तेल, आँटा, मैदा, ग्यास लगायतका वस्तु सर्वसुलभ रुपमा बिक्री वितरण गर्दै आएको छ ।

कर्पोरेसनले आफ्नो लगानीमा गोरखकाली रबर उद्योग , खाद्य उद्योग , नेपाल वनस्पति घ्यु उद्योग लिमिटेड लगायत हिमालय खाद्य एवं प्याकिङ उद्योग स्थापना गरेको थियो ।

यसै गरी नेशनल फाइनान्स लि ,सगरमाथा इन्स्योरेन्स जस्ता संस्थाको स्थापना गरेर देशलाई औद्योगिकरणको दिशामा अघि बढाएको छ । सरकारले दिएको नीति निर्देशनमा कर्पोरेसनले समयमै आयात व्यवस्था गरेर चिनी, नुन, चामल र मलको कमी हुन दिएको छैन ।

कर्पोरेसनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुन दक्षिण एसियामै सस्तो छ । कर्पोरेसनले ७ वर्षअघिकै मूल्यमा नुनको सहजरुपमा बिक्री वितरण गर्दै आएको छ । आयोडिनयुक्त नुनकै कारणले पहाडी र दुर्गम क्षेत्रमा लुलो लङ्गडो हुने, गाँड आउने, हात्तीपाइले , अन्धो हुनेजस्ता रोग हटेको जनाइएको छ ।

सरकारले मल आयात र बिक्री वितरणको सम्पूर्ण जिम्मा कर्पोरेसनलाई दिने हो भने बाली लगाउने र किसानलाई चाहिने बेलामा मलको हाहाकार नहुने जनाइएको छ ।

कर्पोरेसनले विसं २०७२ वैशाखको विनाशकारी भूकम्प पछि घर पुनः निर्माण गर्न जस्तापाता आयात गरी बिक्री वितरण समेत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस