हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध


१४ पुस २०७८, बुधबार


बलेवा । मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।

हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए । भारी हिमपातले मानवीय क्षति नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस