२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमाली भेगमा बाक्लो हिमपात: जनजीवन प्रभावित

अ+ अ-

फुङ्लिङ । आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।

घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात सुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताए । उनले भने, ‘अहिले पनि हिउँ परिरहेको छ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।’ हिमपातका कारणले अत्यधिक चिसो बढेकाले सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।

हिमपात पर्न सुरु भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, ‘चिसोले केटाकेटीको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैनन् । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हुँदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।’

हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीयवासी टासीतेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रका प्रमुख पुर्ख्यौली पेसा पशुपालन हो तर हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने उनको भनाइ छ । सबैभन्दा याक, चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा निकै बाक्लो हिमपात भइरहेको स्थानीयवासी तेन्जी शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । यता ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि गए रातिदेखि वर्षा हुन जारी रहेको छ । हिमपात भएसँगै चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावित भएको छ ।

हुम्लामा भारी हिमपात

सिमकोट– हुम्लामा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताए । यस वर्षकै ठुलो हिमपात भएको बताएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाव कम भएको छ ।

सबैतिरको पानीसमेत जमेर पुरै ठोस भएको छ । जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।

सिमकोटमा दुई फिट हिउँ

आज बिहानदेखि निरन्तररूपमा परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोटमा झन्डै दुई फिट हिउँ जमेको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ । अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँसमेत सुनसानजस्तै देखिएका छन् ।

निरन्तररूपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए । हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।