पाँच जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पाँच जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस


१३ पुस २०७८, मंगलबार


काठमाडौँ । पाँच जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको सोमबार सिँहदरवारमा बसेको बैठकले प्राविधिक सेवा तर्फका पाँच उपसचिवलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहबाट कुमार थापा, शङ्कर पण्डित, शम्भु कार्की र रामेश्वर मरहट्ठालाई कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिएको छ भने नेपाल कृषि सेवा भेटनरी समूहतर्फबाट ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन आधारमा डा. टङ्क प्रसाद प्रसाईँ बढुवाका लागि सिफारिस भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस