रौतहटमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रौतहटमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ घाइते


१३ पुस २०७८, मंगलबार


रौतहट । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो आज (मंगलबार) दिउँसो सडकबाट झण्डै २० फिट तल खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी सुनील मल्लले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइते भएका चारै जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस