माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता


१३ पुस २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शनमा चिनियाँ नेतासँग भेट गरेका हुन् ।

भेटवार्तामा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्धी, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेका थिए ।

नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेको नेता पुनले बताए । चिनियाँ पक्षले नेपालका वामदलहरु एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए ।

थाइल्याण्डको बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपीक्षय भेटवार्तामा जुटेका हुन् ।

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । उनको मंसिर १० गतेयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज मा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस