महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१३ पुस २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ८ औँ महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेन्डा छ ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल आज दिनभर चल्नेछ ।

समूहगत छलफलबाट सुझाव आएसँगै भोलिबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढाइने कार्ययोजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस