इरानका परराष्ट्रमन्त्रीको उद्घोष भियनामा आठौँ चरणको वार्ता ‘नयाँ संयुक्त दस्तावेज’ मा केन्द्रित हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इरानका परराष्ट्रमन्त्रीको उद्घोष भियनामा आठौँ चरणको वार्ता ‘नयाँ संयुक्त दस्तावेज’ मा केन्द्रित हुने


१३ पुस २०७८, मंगलबार


तेहरान । इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानले इरान र सन् २०१५ को आणविक सम्झौताका बाँकी पक्षहरूबीचको आठौँ चरणको भियना आणविक वार्ता सोमबारबाट सुरु हुने र ‘नयाँ र संयुक्त दस्तावेज’ मा केन्द्रित हुने बताएका छन् ।

‘आज हामीसँग भियनामा वार्ताकारहरूको टेबलमा संयुक्त र स्वीकार्य कागजात छ,’ अमिर अब्दुल्लाहियानले सोमबार इरानको विदेश सम्बन्धको इतिहासको बारेमा सम्मेलनका क्रममा पत्रकारहरूलाई बताएका हुन् ।

तसर्थ, जुनमा पुगेको अघिल्लो कागजातलाई अलग राखिएको थियो र वार्ताको अर्को चरणले इरान र एद्धंज्ञ बीचको बैठकको अघिल्लो चरणमा पुगेको प्रतिबन्ध हटाउने र आणविक मुद्दाका बारेमा नयाँ र संयुक्त दस्तावेजमा केन्द्रित हुने विश्वास गरिएको छ ।

इरानी कूटनीतिज्ञले ग्यारेन्टी र प्रमाणीकरणको मुद्दा यस चरणको वार्ताको एक विषय भएको उल्लेख गर्दै ‘हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण मुद्दा भनेको एउटा विन्दुमा पुग्नु हो.. जहाँ पहिले इरानी तेल बिना सिमाना सजिलै बेचिन्छ, र तेलको पैसा इरानको बैङ्क खातामा विदेशी मुद्रामा जम्मा गर्नुपर्छ र हामीले सबै आर्थिक लाभहरू विभिन्न क्षेत्रमा प्रयोग गर्नुपर्छ ।’

संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) संयुक्त आयोगको उद्घाटन बैठक आगामी केही घण्टामा इरान र बेलायत, चीन, फ्रान्स, रुस र जर्मनीलगायत एद्धंज्ञ समूहका वरिष्ठ कूटनीतिज्ञहरूको उपस्थितिमा सुरु हुनेछ ।

करिब छ महिनाको अन्तरालपछि नोभेम्बर २९ मा भियनामा सुरु भएको सातौँ चरणको आणविक वार्तामा इरानका दुई वटा प्रस्तावमाथि गहन छलफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस