भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९२ हजारभन्दा बढीले बुझाए विवरण « प्रशासन
Logo २३ आश्विन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९२ हजारभन्दा बढीले बुझाए विवरण


१३ पुस २०७८, मंगलबार


भक्तपुर । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् ।

नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चार वटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आँकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडा स्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ । यही पुस १२ गतेदेखि मध्यपुरथिमि नगरपालिकामा विवरण सङ्कलन अभियान सुरु भएको छ ।

प्रजिअ शर्माका अनुसार जिल्लाका चार नगरपालिकाका वडा स्तरमा ७६ वटा विवरण सङ्कलन स्टेशन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको छ । प्रत्येक स्टेशनमा फोटो खिच्न दुई वटा क्यामेरा, दुई कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकताअनुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको छ ।

राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने भएकाले महत्त्वपूर्ण यो अभियानलाई सफल पार्नुपर्ने उनले बताइन् ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले आफ्नो नगरपालिकामा अभियान भएको र आगामी २६ गतेसम्म विवरण सङ्कलन गरिने भएकाले यसलाई सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।

जिल्लामा यही पुस २६ गते विवरण सङ्कलन अभियान सम्पन्न गरिने जानकारी दिँदै प्रजिअ शर्माले वडा स्तरमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउने अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा विवरण बुझाउने व्यवस्था गरिएकाले छुटेकाले त्यहाँबाट बुझाउन सक्ने जानकारी दिए ।

जिप्रकाले नागरिकता बनाउन आउनेहरूको भने कार्यालयमै परिचयपत्रको विवरण भराउने गरेको छ । सरकारले राहदानी लिन अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्नुपर्ने व्यवस्था गरेपछि विवरण बुझाउनेको चापसमेत बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस