२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिके राउतको ध्वंसात्मक आन्दोलन नियन्त्रण गर्न सिरहामा दुई दिनका लागि निषेधाज्ञा

अ+ अ-

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले डा.सिके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले हिजो (सोमबार) आज र भोलि (बुधबार) बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सूचना निकालेका हुन् ।

निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

जनमत पार्टीले केही दिन अघि देखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर राखेर निषेधाज्ञा जारी गरेको प्रजिअ कवाडीले बताएका छन् ।

औरही गाउँपालिकाले गहुँको बीउ लुटेको आरोपमा किसानमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, किसानलाई समयमा सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने सहितका माग राखेर जनमत पार्टी आन्दोलित बनेको छ ।

आइतबार सिरहा जिल्ला आमहड्ताल गरेका जनमत पार्टीले सोमबार जिल्लाभर चक्काजाम गरे । ती पार्टीको आन्दोलनका कारण राजमार्गमा आइतबार र सोमबार प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्‍याउन बाध्य भए । आन्दोलनकारीले आइतबार एउटा ट्रकमा आगजनी र दर्जनौँ सवारीमा तोडफोड गरेका थिए ।

आइतबार राजमार्ग बन्द गराउने क्रममा जनमत पार्टीका १४ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै जनमत पार्टीले भोलि र पर्सी समेत जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको केहि घण्टा नबित्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस