मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेडिकल कलेजमा पनि कोरोनाको खोप केन्द्र


१३ पुस २०७८, मंगलबार


काठमाडौँ । सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।

मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ ।

खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सह प्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस