२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गीत संगीतले प्राथमिकता पाएको माओवादी महाधिवेशनको उदघाटन सत्र

अ+ अ-

गणतन्त्र ल्याउने माओवादी हो,
राजतन्त्र ढाल्ने माओवादी हो……।

काठमाडौँ । गायक तथा संगीतकार चेतन सापकोटाको पछिल्लो यो गीत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्रमा प्रस्तुत गर्दा हल जुरुक्कै उठ्यो ।

लोकआधुनिक शैलीमा प्रस्तुत गरिएको गीतमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व स्थापित गर्ने पार्टी माओवादी नै भएको भाव थियो । गीतले महाधिवेशनमा सहभागी नेता तथा कार्यकर्तालाई उद्देलित गराएको थियो ।

क्रान्तिकारी गीत संगीत माओवादी आन्दोलनको प्रर्याय नै बनेको छ । जनयुद्धकालमा माओवादीको सामना सांस्कृतिक परिवारले देशव्यापी रुपमा अभियान चलाउँथ्यो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीको उद्घाटन शत्रमा विगतकै शैलीमा गीत तथा संगीत प्रस्तुत गर्‍यो ।

क्रान्तिकारी पार्टी बनाउने अभियानमा गीत संगीतको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ भन्ने बुझेर नै होला माओवादीले आइतबारको कार्यक्रममा सांगीतिक कार्यक्रमलाई महत्व दिएको थियो । लोक शैलीका गीतदेखि, पञ्चेबाजा र मयूर नाचलाई माओवादीले प्राथमिकतामा राखेको थियो ।

सात वटा भौगोलिक र तीन वटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षक एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता उपस्थित कार्यक्रमलाई भव्य र सभ्य बनाउन माओवादीले मेहनत गरेको थियो । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्दा आइपरेको व्यवस्थापनको चटारोमा नेता तथा कार्यकर्ता खटेका थिए ।

करिब चार घण्टा चलेको उदघाटन सत्रमा राष्ट्रिय गानदेखि कम्युनिष्टको अन्तर्राष्ट्रिय गीतसमेत प्रस्तुत गरिएको थियो । ए जे पोत्तरले लेखेको गीतलाई कम्युनिष्टले अन्तर्राष्ट्रिय गीतको रुपमा स्वीकार गर्दै हरेकजसो कार्यक्रममा गाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरिँदा माओवादीका नेता तथा कार्यकर्ताले मुठ्ठी उठाएर स्वागत गरेका थिए । सो गीतले देश, जनता र क्रान्तिप्रतिको इमान्दारितालाई अभिव्यक्त गर्छ । कम्युनिष्ट भनेका अन्तर्राष्ट्रियतावादी हुन्छन् भन्ने मूल्य र मान्यतालाई सो गीतले आत्मसात् गरेको छ ।

उदघाटन सत्रमा पूर्वरुकुमको पहिचान बोकेको मयूर नाच प्रस्तुत गरिएको थियो । कलाकारले मयूरको प्वाँख लगाएर नाचिने उक्त नाच आफैंमा कार्यक्रमको आकर्षण बनेको थियो । महिला समूहको पञ्चेबाजाले कार्यक्रममा सहभागीलाई आनन्दित तुल्याएको थियो । पञ्चेबाजा नेपालको मौलिक संस्कृतिसँग जोडिएको छ ।

गीतले गीत मात्रै प्रस्तुत गरेन । विचारको कुरा पनि गर्‍यो । सोही क्रममा कलाकारले गाए माओवादी केन्द्रको ऐतिहासिक राष्ट्रिय महाधिवेशनको गीत । त्यो गीत यस्तो थियो ।

विचारको केन्द्रीकरण, नेतृत्वको केन्द्रीकरण
पहिलो पार्टी बनाउन सुरु भयो नयाँ अभियान
नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण
माओवादी केन्द्रको आठौं ऐतिहासिक आठौं महाधिवेशन‘।

माओवादीको विशेषताको रुपमा रहेको गीत, संगीत र क्रान्तिकारी नृत्य कार्यक्रमको विशेषता बन्दा चार घण्टाको अवधि पनि लामो लागेको थिएन । राजनीतिक नेतृत्वको भाषणसँगैको प्रस्तुति आफैंमा मिल्दो बनेको थियो, कार्यक्रमभर ।

प्रज्ञा भवनको मूल समारोह कक्षमा नेता तथा कार्यकर्ता नटाएका कारण परिसरमा भेला भएर डिस्प्लेमार्फत उद्घाटन सत्रमा सहभागिता जनाउनुपरेको थियो ।

जनयुद्धको जगबाट बनेको घर समाजवादी क्रान्तिको पहिलो पहिलो प्रहर भन्दै कलाकारले सहिदको शहादतलाई पनि स्मरण गरेका थिए । नेपाली जनताको आशाको धरोहरका रुपमा माओवादीलाई कलाकारले आफ्नो प्रस्तुतिमार्फत उल्लेख गरेका थिए ।

यस्तै कलाकारहरुले फेरी गाए–

लालीगुराँस फूलजस्तै हाम्रो देशको अनुहार
हे कान्छा संघर्षको यो उपहार,
कहिल्यै पनि सहदैनन् शोषण दमन अत्याचार‘।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई लालीगुराँस फूलसँग तुलना गर्दै कलाकारले आफ्नो प्रस्तुतिमार्फत जनताको अधिकारका लागि जनता अझै सचेत हुनुपर्ने बताएका थिए । मार्क्सवादी पुस्तक बिक्रेतादेखि जनयुद्धकालीन तस्वीरको प्रदर्शनी उद्घाटन सत्रको अर्को आकर्षण बनेको थियो ।

माओवादीका स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले स्वागत गरेपछि सुरु भएको कार्यक्रमलाई माओवादीले भने देशकै महाधिवेशन भए जस्तो अनुभव गरेको टिप्पणी गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सहकार्य र गठबन्धनको संस्कृतिका आजको कार्यक्रम महत्वपूर्ण रहेको उदघोष गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनले जनयुद्ध, शान्ति प्रक्रिया र माओवादी आन्दोलनका कारण संविधानसभाबाट संविधान जारी भएको र गणतन्त्र स्थापना भएको ऐतिहासिक घटनाक्रमको स्मरण गरेकोमा धन्यवाद दिए ।

यस्तै, गायक नविन खड्काले आफ्नै शैलीमा गाए ।

जनयुद्धले हेपिएका जनतालाई उठायो
संविधान र संघीयता माओवादी
चानचुने त हुँदै होइन माओवादी पार्टी
गणतन्त्र देशमा ल्यायौँ रगतसँग साटी
त्यसैले म पनि माओवादी‘।

उनले गीतमार्फत यो देश बनाउने पार्टी माओवादी हो भन्ने सन्देश दिए ।

यस्तै, उदघाटन शत्रको अर्को प्रस्तुति थियो ।

जनताको पार्टी भनेकै माओवादी केन्द्र हो‘।

राजतन्त्र फाल्ने, गणतन्त्र ल्याउने, समाजवाद उन्मुख संविधान बनाउने माओवादी नै भएको गीत प्रस्तुत गरे । माओवादीको कार्यक्रम विशेष खालको हुन्छ भन्ने सन्देश दिइरहँदा विगतको सामना सांस्कृतिक परिवार कहाँ होला भन्ने चासो उदघाटन सत्रमा नेता तथा कार्यकर्ताले व्यक्त गरेका थिए ।

कलाकारले गीत, संगीत र नृत्य प्रस्तुत गर्दा नेता तथा कार्यकर्ता जोशियर नाचेका थिए भने शीर्ष नेतृत्वलाई आफूहरुले कतै जनताको एजेण्डा छाडेको त होइन भन्ने अनूभूत गराएको थियो । पार्टी अध्यक्ष प्रचण्डदेखि अन्य शीर्ष नेताको भाव पनि त्यस्तै बुझ्न सकिन्थ्यो ।

अन्त्यमा सुदूरपश्चिम प्रदेशको लोक संस्कृतिसँग जोडिएको देउडा प्रस्तुत गरिएको थियो । नेपालको विशेषता र पहिचानसँग जोडिएको सबै प्रकारका गीत र संगीतलाई माओवादीले आफ्नो प्राथमिकतामा राखेको थियो ।